गौर–१ स्थित Bamboo Hotel मा भीषण आगलागी, होटल पूर्ण रूपमा नष्ट

tejnewskhabar.com

रौतहट २१ गते । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. १ मा रहेको Bamboo Hotel मा भीषण आगलागी भएको छ। आगलागीबाट होटल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागीको खबर पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गौर नगरपालिका तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। संयुक्त प्रयासपछि आगलागी थप फैलिन नपाउँदै नियन्त्रणमा लिन सफल भएको जनाइएको छ।

आगलागीको कारण तथा क्षतिको विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया