सिरहा २२ । कर्जन्हा नगरपालिका–१ बल्टियाकी १७ वर्षीया किशोरी अबिना वैध (दनुवार) को हत्या उनकै प्रेमी रामबालक चौधरीले गरेको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गत मंसिर २२ गते अबिनाको हत्या गरिएको पुष्टि भएको हो।
घटनाको करिब एक महिनापछि मंगलबार जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी मुख्य अभियुक्त रामबालक चौधरीलाई पक्राउ गरिएको जानकारी दिएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने हत्या किन र कसरी गरिएको हो भन्ने विषयमा विस्तृत विवरण संकलन भइरहेको छ।
प्रहरीले अभियुक्तलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाई अदालतमा पेश गर्ने तयारी गरेको जनाएको छ। घटनाले स्थानीय क्षेत्रमा शोक र आक्रोशको वातावरण सिर्जना गरेको छ।
२२ पुस २०८२, मङ्गलबार ०८:५६ मा प्रकाशित