नेपाल–जापान सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता : राष्ट्रपति पौडेल

tejnewskhabar.com

टोकियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताएका छन्। उहाँले यो सम्बन्ध र आपसी सहयोगलाई थप सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न नेपाल इच्छुक रहेको स्पष्ट पार्नुभयो।

जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग आज जापानका प्रधानमन्त्री तकाइची सनायले गरेको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले उक्त धारणा व्यक्त गर्नुभएको हो। भेटका क्रममा दुवै देशबीचको ऐतिहासिक मित्रता, विकास सहकार्य तथा भविष्यका सम्भावित साझेदारीका विषयमा छलफल भएको जनाइएको छ।



प्रतिक्रिया