वनभोजका लागि हेलिकप्टर यात्रा : बागमतीका मुख्यमन्त्री बानियाँ सिरहा आगमन

tejnewskhabar.com

सिरहा १७ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ वनभोज कार्यक्रममा सहभागी हुन हेलिकप्टर चढेर सिरहा आएका छन्। नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले आयोजना गरेको वनभोजमा सहभागी हुन मुख्यमन्त्री बानियाँ हेटौंडाबाट माउन्टेन एयरको हेलिकप्टरमार्फत सिरहा आएका हुन्।

अंग्रेजी नयाँ वर्षको अवसरमा सभापति यादवले धनगढीमाई नगरपालिका–१४ स्थित सर्रेअम्बासमा वनभोज कार्यक्रम आयोजना गरेका थिए। सो कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री बानियाँसहित पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्दै आपसी सद्भाव, पार्टी संगठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए। वनभोज कार्यक्रमले स्थानीय स्तरमा उत्साह थपेको सहभागीहरूको भनाइ छ।

प्रतिक्रिया