नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ले पार्टी सभापति शेरबहादुर देउवा सँग निर्णायक वार्ता गरेका छन्। नेतृत्व संकट, विशेष महाधिवेशन र भावी राजनीतिक बाटोबारे सहमति खोज्ने उद्देश्यसहित गरिएको उक्त छलफल देउवा निवास महाराजगन्ज मा हाल पनि जारी रहेको छ।
पार्टीभित्र देखिएको आन्तरिक मतभेद, विशेष महाधिवेशनको वैधानिकता, नेतृत्व चयनको प्रक्रिया तथा आगामी निर्वाचन रणनीतिलाई लिएर यो वार्तालाई अत्यन्तै महत्वपूर्ण रूपमा हेरिएको छ। स्रोतका अनुसार, वार्तामा पार्टी एकता जोगाउने, लोकतान्त्रिक प्रक्रियामार्फत निकास खोज्ने र संगठनलाई बलियो बनाउने विषयमा गम्भीर छलफल भइरहेको छ।
यो वार्ताको निष्कर्षले नेपाली कांग्रेसको तत्कालीन नेतृत्व संरचना र राजनीतिक दिशामा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
१ माघ २०८२, बुधबार ०९:१९ मा प्रकाशित