जेनजी आन्दोलन छानबिनः रमेश लेखकलाई बयानका लागि जाँचबुझ आयोगको पत्र

tejnewskhabar.com

काठमाडौं, पुस ९ — जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार लेखकलाई मंगलबार बयानका लागि पत्र काटिएको हो। घटनासँग सम्बन्धित तथ्य र त्यस समयको भूमिकाबारे स्पष्टता लिन उनलाई आयोगमा उपस्थित हुन आग्रह गरिएको अध्यक्ष कार्कीले जानकारी दिए।

यद्यपि, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने हालसम्म बयानका लागि पत्र नपठाइएको आयोगले जनाएको छ। आयोगले छानबिनको प्रक्रिया अनुसार आवश्यक ठानेका व्यक्तिहरूलाई क्रमशः बोलाइने जनाएको छ।

प्रतिक्रिया