वीरगञ्ज, २५ मंसिर । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ बिहीबार अपराह्न वीरगञ्ज आउँदैछन् ।
वर्षौंदेखि अलपत्र पर्सा–बारा–रौतहटका ठूला पूर्वाधार परियोजनाको स्थलगत निरीक्षण गरी छिट्टै टुंग्याउने रणनीति बनाउने रहेका हुन् ।
शुक्रबार बिहानको कार्यक्रम यस्तो छः
बारा गढीमाई मन्दिर दर्शनपछि कलैयाको ३ किमी अलपत्र सडक निरीक्षण पश्चात दुधौरा नदीको रणनीतिक पुलको प्रगति हेर्ने रहेको छ । रौतहटको बडहरवा (दुर्गा भगवती) मा १५ वर्षदेखि ठप्प बागमती पुल निरीक्षण, गंगापिपरा (दुर्गा भगवती–१) मा दुई वर्षअघि ठेकेदार भागेपछि अलपत्र बागमती पुलको अवलोकन तथा चन्द्रपुरको जन्मोत्सव पार्कमा सम्बोधन कार्यक्रम रहेको बुझिएका छन् ।
मन्त्री घिसिङले वीरगञ्जमा स्थानीय नेता, व्यवसायी, जनजीविका समूह र नागरिक अगुवासँग छलफल गरी शान्ति–सुरक्षा, विकासका अवरोध र आसन्न प्रतिनिधिसभा निर्वाचनको वातावरणबारे जानकारी लिने कार्यक्रम छ ।
उज्यालो नेपाल पार्टीबाट बारा–२ का उम्मेदवार अरविन्द साह र बरिष्ठ पत्रकार गोविन्द चौलागाईंका अनुसार मन्त्री घिसिङले मधेशका दर्जनौं अलपत्र पुल–सडकलाई प्राथमिकतामा राखेर ठोस निर्देशन दिनेछन् । रौतहट–बारा–पर्सावासीले उनैबाट “अधुरा सपना” पूरा हुने ठूलो आशा राखेका छन् ।