रौतहट २ मा डा. फिरदोस आलम प्रति मतदाताको बढ्दै क्रेज बढ्यो

tejnewskhabar.com


रौतहट, १२ फागुन । रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस का प्रतिनिधिसभा उम्मेदवार डा। मोहम्मद फिरदोस आलम प्रति मतदाताहरुको विश्वास एवं आकर्षण बढ्दै गएका छन् ।

क्षेत्र नम्वर २ का आशा र भरोसामन्द जनताको प्रमुख अनुहारको रुपमा आलम बन्न सफल भएका हुन् ।

आलमको भावनात्मक रुपमा गरिने सेवा, इमानदारी र परिणाममुखी राजनीतिलाई आफ्नो पहिचान बनाएका उनले यसपटक केवल चुनाव जित्ने लक्ष्य मात्र होइन, वर्षौदेखि उपेक्षितलाई विकासको मूलधारमा जोड्ने स्पष्ट कार्ययोजना अघि सारेका छन् ।

स्व। शेख ईद्रीशबाट सुरु भएको कांग्रेसको राजनीतिक विरासत पूर्वमन्त्री स्व। अफताब आलम हुँदै आज डा। फिरदोसको काँधमा आइपुगेको छ । तर उनी आफूलाई केवल विरासतको उत्तराधिकारीका रूपमा मात्रै हेरेका होइनन, आधुनिक सोच, पेशागत दक्षता र जनमुखी कार्यशैली सहितको परिवर्तनको प्रतिनिधिका रूपमा प्रस्तुत गरे ।

आलम भन्छनः प्रहरी सेवामा चिकित्सकको रूपमा काम गर्दा देखेको गरिबी, उपचार अभाव र राज्यप्रति नागरिकको निराशा अहिले उनको राजनीतिक प्रमुख एजेन्डाको मेरुदण्डको रुपमा प्रस्तुत गरे । त्यसैले जनस्तरमा उनी “कागजी नेता होइन, अनुभूति एवं रियल नेता” का रूपमा आलमले आफूलाई मतदाता समक्ष चिनिन थालेका छन् ।२०७९ को निर्वाचनमा दोस्रो स्थानमा रहे पनि उनले २८ हजार २४८ मत ल्याउँदै उल्लेख्य जनसमर्थन पाएका थिए । पराजयपछि पनि निराश नभई जनता माझ बस्ने, दुःख–सुख सुन्ने र समस्या टिपोट गर्ने शैलीले उनको छवि थप मजबुत बनेको कांग्रेस वृत्तको दाबी छ । चुनाव सकिएपछि गाउँमै सक्रिय रहने नेताका रूपमा उनी परिचित भएको छ । यसपटक उनको घरदैलो अभियान औपचारिकतामा सीमित छैन । युवा, जेन–जी, महिला, श्रमिक, किसान देखि ज्येष्ठ नागरिक सम्मसँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधारलाई प्राथमिकतामा राख्ने कार्ययोजना सार्वजनिक गरेको छ । “विकास नारामा होइन, काममा देखिनुपर्छ” भन्ने उनको अडानले युवापुस्तामाझ उत्साह थपिएको चर्चा छ ।

प्रतिक्रिया