रौतहटमा दुई फरक–फरक मुद्दाका प्रतिवादीहरू पुर्पक्षका लागि कारागार चलान

tejnewskhabar.com

रौतहट १३ गते पुस । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न आपराधिक मुद्दामा संलग्न रहेका प्रतिवादीहरूलाई अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरेको छ।


प्रहरीका अनुसार भारतको पूर्वी चम्पारण जिल्ला निवासी २३ वर्षीय जयप्रकाश कुमार, रौतहट ईशनाथ नगरपालिका–४ का २१ वर्षीय मोनालाल राउत पटेल र २० वर्षीय अजय पटेललाई चोरी सम्बन्धी मुद्दामा अनुसन्धान पश्चात जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको थियो। अदालतको मिति २०८२/०९/१३ गतेको आदेशअनुसार उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरीले जनाएको छ।


त्यसैगरी, लिखत किर्ते, ठगी तथा आपराधिक लाभ र विश्वासघात सम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा काठमाडौँ महानगरपालिका–३४ का ३१ वर्षीय केशव प्रसाद पौडेल, रौतहट कटहरिया नगरपालिका–१ का रामकुमार महतो कोइरी र मकवानपुर हेटौंडा उपमहानगरपालिका–५ का ५१ वर्षीय राधाकृष्ण उपाध्यायलाई पनि अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ।


जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सबै प्रतिवादीहरूलाई कानुनी प्रक्रिया पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरिएको थियो। अदालतको आदेशअनुसार कारागार चलान गरिएको विषयमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया