रौतहट ०९ गते — समुदाय–प्रहरी साझेदारी (Community–Police Partnership) कार्यक्रम अन्तर्गत यस कार्यालय मातहतका विभिन्न प्रहरी इकाइहरूको आयोजनामा रौतहट जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम मिति २०८२/०९/०९ गते दिउँसो २:०० बजे इलाका प्रहरी कार्यालय पिपरा रजवडा, इलाका प्रहरी कार्यालय कोपवा पिपरिया, प्रहरी चौकी जयनगर, प्रहरी चौकी मठिया तथा अस्थायी प्रहरी पोष्ट जुडीवेलाको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो।
जनचेतनामूलक कार्यक्रम
- माधवनारायण नगरपालिका वडा नं. ०८
- बौधिमाई नगरपालिका वडा नं. ०६
- ईशनाथ नगरपालिका वडा नं. ०६ तथा वडा नं. ०४
- चन्द्रपुर नगरपालिका वडा नं. ०२ (असनवाटोल)
मा सम्पन्न गरिएको थियो।
उक्त कार्यक्रममा सम्बन्धित वडाका स्थानीय भद्रभलादमी, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा
- जुवा–जाँड–कसुर (ज.ज.क) तथा अन्य अपराध न्यूनिकरण
- आत्महत्या न्यूनिकरण
- जातीय छुवाछुत अन्त्य
- महिला हिंसा न्यूनिकरण
- चोरी नियन्त्रण
लगायतका विषयमा सचेतनामूलक जानकारी तथा अन्तरक्रिया गरिएको प्रहरीले जनाएको छ।
९ पुस २०८२, बुधबार ०५:४९ मा प्रकाशित