काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुख (मेयर) को जिम्मेवारी सम्हाल्नुभएको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएलगत्तै उहाँले स्वतः कार्यवाहक प्रमुखको जिम्मेवारी पाउनुभएको हो।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, मेयरको पद रिक्त भएमा उपमेयरले स्वतः कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने व्यवस्था रहेको छ। सोही कानुनी प्रावधानअनुसार उपमेयर डंगोलले कार्यवाहक मेयरको जिम्मेवारी पाउनुभएको महानगर स्रोतले जनाएको छ।
५ माघ २०८२, आईतबार ०६:४३ मा प्रकाशित