पिप्रा रजवाडामा सशस्त्र प्रहरीको सहयोगमा १०० जनालाई जाडोका कम्बल वितरण

tejnewskhabar.com

रौटहट ३० गते । माधव नारायण नगरपालिका–८ पिप्रा रजवाडामा सशस्त्र प्रहरी बलको सहयोग तथा वडा अध्यक्ष श्री योगेन्द्र प्रसाद महतो ज्यूको विशेष पहलमा जाडो मौसमलाई लक्षित गर्दै १०० जना एकल महिला, ज्येष्ठ नागरिक तथा गरिब–विपन्न परिवारहरूलाई कम्बल वितरण गरिएको छ।

वडा कार्यालयको समन्वयमा सम्पन्न उक्त कार्यक्रममार्फत जाडोको चिसोबाट बढी प्रभावित हुने वर्गलाई राहत पुर्‍याउने उद्देश्य राखिएको थियो। सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरी बलको सक्रिय सहभागिता तथा स्थानीय जनप्रतिनिधिको पहलले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेको स्थानीयवासीहरूले बताएका छन्।

वडा अध्यक्ष महतोले यस्ता सहयोगी कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्दै समुदायका सबै वर्गको हितमा वडा कार्यालय क्रियाशील रहने जानकारी दिनुभयो।

कार्यक्रमले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विपन्न तथा असहाय समुदायमा राहत र आत्मबल बढाएको छ।



प्रतिक्रिया