मलंगवा, सर्लाही १८ गते । जबरजस्ती करणी मुद्दामा सजाय काट्दै कारागारबाट फरार भएका एक कैदीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मिति २०८२/०९/१८ गते बिहान करिब ९ः२५ बजेको समयमा जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय पाई ८ वर्ष कैद भुक्तान गरिसकेका कैदी फरार भई बसेको सूचनाको आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
फरार कैदी सर्लाही जिल्ला पर्सा गाउँपालिका–५ निवासी, उमेर करिब ५० वर्षका व्यक्ति रहेको र उनी आफ्नो घरमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उक्त व्यक्ति यसअघि झुम्का कारागार, सुनसरीमा सजाय काटिरहेका थिए।
पक्राउ परेका कैदीलाई आवश्यक कारबाहीका लागि कारागार व्यवस्थापन कार्यालय मलंगवा, सर्लाही पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
१८ पुस २०८२, शुक्रबार ०९:३७ मा प्रकाशित