रुपन्देही जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेतलाई न्यायपरिषद दिवस, २०८२ को अवसरमा उत्कृष्ट जिल्ला न्यायाधीशको रुपमा सम्मानित

tejnewskhabar.com

रुपन्देही, ०४ पुस – रुपन्देही जिल्ला अदालतका प्रमुख न्यायाधीश श्रीमान् अशोककुमार बस्नेतलाई न्यायपरिषद दिवस, २०८२ को अवसरमा उत्कृष्ट जिल्ला न्यायाधीशको रुपमा सम्मानित गरिएको छ।

रुपन्देही जिल्ला अदालतले प्रमुख न्यायाधीश बस्नेतको यस उपलब्धिलाई उच्च मूल्याङ्कन गर्दै, न्याय सम्पादनमा अझ सृजनात्मकता, निष्पक्षता र प्रभावकारी योगदान पु-याउन प्रेरित गरेको छ। साथै, अदालतले उहाँलाई थप कार्यक्षमता हासिल गर्न शुभकामना समेत व्यक्त गरेको छ।

अदालतका अनुसार, आफ्नो अधिकार क्षेत्रभित्र न्यायिक सेवा सुधार र जनताप्रति न्याय पहुँच सुनिश्चित गर्ने क्रममा प्रमुख न्यायाधीश बस्नेतको योगदान उल्लेखनीय रहेको छ।

प्रतिक्रिया