काठमाडौँ २७ गते । नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति चन्द्रशेखर प्रसाद यादवले पार्टीको दोस्रो विशेष महाधिवेशनको सन्दर्भमा आफ्ना दृष्टिकोण सार्वजनिक गर्नुभएको छ। उहाँले महाधिवेशनलाई पारदर्शी, सर्वसमावेशी र सबै तहका कार्यकर्ताका लागि खुला बनाउनुपर्नेमा जोड दिनुभयो।
यादवले प्रतिनिधिहरूले पार्टी एकताको भावना कायम राख्दै देश र पार्टीको हितमा योगदान गर्नुपर्ने बताए। साथै, उहाँले सबै सदस्यलाई कुनै डर वा दबाब नमानिकन महाधिवेशनमा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्नुभएको छ।
२६ पुस २०८२, शनिवार ११:१८ मा प्रकाशित