अधिवक्ता अप्सरा बस्नेत बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त

tejnewskhabar.com

हेटौँडा, ०७ गते — बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेत नियुक्त भएकी छन्। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमबीच बस्नेतलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत निशा न्यौपानेका अनुसार नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले बस्नेतलाई बागमती प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्य न्यायाधिवक्ता बस्नेतले प्रदेश सरकारलाई कानुनी सल्लाह दिने तथा प्रदेश सरकारका तर्फबाट अदालतमा बहस पैरवी गर्ने जिम्मेवारी सम्हाल्नेछिन्।

प्रतिक्रिया