महोत्तरी २१ गते पुष । नेकपा (एमाले) महोत्तरी निर्वाचन क्षेत्र नम्बर–४ को क्षेत्रीय बैठक समसी बजारमा सम्पन्न भएको छ। बैठक क्षेत्रीय संयोजक मदन साहको अध्यक्षतामा अगुवा नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिमा आज मिति २०८२–०९–२० गते बसेको हो।
बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि युवा नेता, संसदीय दलका नेता तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री माननीय सरोज कुमार यादवलाई सर्वसम्मत रूपमा एकल नाम सिफारिस गर्ने निर्णय गरेको छ।
बैठकमा सहभागी वक्ताहरूले यादवको नेतृत्व क्षमता, राजनीतिक अनुभव र संगठनप्रतिको योगदानको प्रशंसा गर्दै महोत्तरी–४ बाट एमालेको विजय सुनिश्चित गर्न उहाँ उपयुक्त उम्मेदवार भएको धारणा व्यक्त गरेका थिए। बैठकले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै निर्वाचनको तयारीमा जुट्ने निर्णयसमेत गरेको छ।
२० पुस २०८२, सोमबार ०५:२३ मा प्रकाशित