अपराध अनुसन्धानको अनुगमन तथा निरीक्षणका क्रममा एसएसपी कमल थापाद्वारा आवश्यक निर्देशन

tejnewskhabar.com

रौतहट ७ गते । “फौजदारी कसूरको अनुसन्धान गर्ने प्रहरी कार्यालयहरूको अनुगमन तथा निरीक्षण मापदण्ड, २०८१” बमोजिम अपराध अनुसन्धानको क्रममा देखा परेका सबल पक्ष, सुधार गर्नुपर्ने क्षेत्र तथा अनुसन्धानमा देखिएका चुनौतीहरूको सहजिकरणका लागि अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ।

सोही क्रममा मिति २०८२/१०/०७ गते बिहान करिब ०९:१५ बजे तालुक मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम धनुषाबाट प्रहरी वरिष्ठ उपरीक्षक कमल थापा ज्यू यस कार्यालय तथा मातहतका कार्यालयहरूको अपराध अनुसन्धान शाखामा पाल्नु भई अनुगमन तथा निरीक्षण गर्नु भएको हो।

अनुगमनका क्रममा एसएसपी थापाले अपराध अनुसन्धानलाई अझ प्रभावकारी, पारदर्शी र कानुनसम्मत बनाउन आवश्यक निर्देशन दिनुका साथै अनुसन्धान प्रक्रियामा देखिएका कमजोरीहरू सुधार गर्न र सबल पक्षलाई निरन्तरता दिन सम्बन्धित शाखालाई निर्देशन दिनुभएको छ।

यस अनुगमनले अपराध अनुसन्धानको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया