अभिनेत्री तथा मिडिया उद्यमी एलिजा गौतम आम जनता पार्टीमा प्रवेश

tejnewskhabar.com

काठमाडौं ०९ गते पुष— अभिनेत्री तथा मिडिया उद्यमी एलिजा गौतम आम जनता पार्टीमा प्रवेश गर्नुभएको छ। उहाँलाई पार्टी अध्यक्ष प्रभु साहले औपचारिक रूपमा पार्टीमा स्वागत गर्नुभएको हो।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष साहले एलिजा गौतमको सक्रियता र सामाजिक तथा सञ्चार क्षेत्रमा रहेको योगदानले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आम जनता पार्टीले नयाँ सोच, नयाँ ऊर्जा र वैकल्पिक राजनीतिको पक्षमा उभिएका व्यक्तिहरूलाई स्वागत गर्दै आएको उल्लेख गर्नुभयो।

एलिजा गौतम चर्चित पत्रकार ऋषि धमलाकी श्रीमतीसमेत हुनुहुन्छ। यसैबीच, पत्रकार धमला स्वयं पनि आम जनता पार्टीबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्ने तयारीमा रहेको बताइएको छ।

राजनीतिमा एलिजा गौतमको प्रवेशलाई आम जनता पार्टीको विस्तार र चर्चित व्यक्तित्वहरूको आकर्षणका रूपमा हेरिएको छ। पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र जनसम्पर्कलाई तीव्र बनाइरहेको जनाएको छ।


प्रतिक्रिया