काठमाडौँ २ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर तथा आयोगका सचिव कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा आन्तरिक परामर्श तथा छलफलमा जुटेका छन्।
पार्टीभित्र देखिएको नेतृत्व र वैधानिकतासम्बन्धी विवादका कारण आयोगले विधान, कानुनी प्रक्रिया र प्राप्त निवेदनहरूको आधारमा निर्णय तयारी गरिरहेको बुझिएको छ। आयोगको निर्णयले नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा र आन्तरिक शक्ति सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
२ माघ २०८२, शुक्रबार ०६:५८ मा प्रकाशित