सर्लाही २९ गते । पाली कांग्रेस मधेस प्रदेशकी सदस्य एवं युवा नेत्री शर्मिला थापाले सामाजिक सञ्जालमार्फत पार्टीभित्र एकताको सन्देश दिँदै राष्ट्र र पार्टीप्रति जवाफदेहिता र समझदारी देखाउन सबैलाई आग्रह गरेकी छन्।
शर्मिला थापाले लेखिन्, “गुट, संगठन, व्यक्तिगत पद र आकांक्षा भन्दा राष्ट्र ठूलो हो। राष्ट्रिय शक्तिको पार्टी जोगाउने मात्र होइन, देशलाई मार्ग देखाउने जिम्मेवारी हामी सबैको हो। यो जिम्मेवारी एकतामा मात्र निर्वाह हुन्छ।”
नेताहरूले गणेशमान सिंहले देखाएको बाटोलाई स्मरण गर्दै थपे, “यो पद र प्रतिष्ठाको समय होइन, मूल्य र त्यागको समय हो। नेपाली कांग्रेसको एकता जोगाउनु भनेकै लोकतन्त्र र संविधानको रक्षा गर्नु हो। विचारमा विविधता हाम्रो शक्ति र सामर्थ्य हो।”
शर्मिला थापाले सबै पार्टी सदस्यहरूलाई एकताबद्ध भएर सहकार्य गर्न, दूरी बढाउने होइन सहकार्य गर्ने समय भएको भन्दै भने, “आजको संयम र मन-माझामाझले भोलिको भविष्य झन् उन्नत र परिस्कृत बनाउने छ।”
यो सन्देश आगामी फागुन २१ को निर्वाचनलाई दृष्टिगत गर्दै कांग्रेसका नेताहरूले पार्टी र राष्ट्रिय जिम्मेवारीप्रति सबैले आ–आफ्नो भूमिका निभाउनुपर्ने कुरामा जोड दिन आएको हो।