एकता, परिवर्तन र उज्यालो भविष्यका लागि एकजुट हुन सभापति कृष्णप्रसाद यादवको आह्वान

tejnewskhabar.com

जनकपुरधाम — नेपाली कांग्रेस मधेश प्रदेशका सभापति माननीय कृष्णा प्रसाद यादव ज्यूले पार्टीभित्र एकता मजबुत गर्दै परिवर्तन र उज्यालो भविष्यको यात्रामा सबै साथीहरू एक भएर अघि बढ्न आह्वान गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै सभापति यादवले नेपाली कांग्रेसको मूल मर्म एकता, लोकतन्त्र र जनताको सेवामा आधारित रहेको उल्लेख गर्नुभयो। उहाँले संगठन सुदृढीकरण, आपसी सहकार्य र साझा लक्ष्यप्रति प्रतिबद्ध रहँदै आगामी राजनीतिक चुनौतीहरू सामना गर्न सबै कार्यकर्ता तथा नेताहरूलाई आग्रह गर्नुभयो।

सभापति यादवले नेपाली कांग्रेस सभापति एवं घोषित प्रधानमन्त्री गगन कुमार थापाको नेतृत्वमा देशले नयाँ दिशा र आशा पाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले गगन थापाको दूरदर्शी नेतृत्वले मुलुकमा सकारात्मक परिवर्तन र उज्यालो भविष्य निर्माण गर्ने बताउनुभयो।

उक्त सन्देशले मधेश प्रदेशमा पार्टीभित्र उत्साह र एकताको भावना थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया