परिवर्तनको निर्णायक घडी : गगन थापा र विश्वप्रकाश शर्मालाई मधेस प्रदेश कांग्रेसको स्पष्ट सुझाव

tejnewskhabar.com

काठमाडौँ २९ गते । युवाको सोच, युगको माग र कांग्रेसको भविष्य युग परिवर्तनशील भइसकेको छ। आजको नेपालमा युवाहरूको सोच ‘सबैका साथ, सबैको विकास’ केन्द्रित छ। जहाँ अन्याय हुन्छ, त्यहाँ विद्रोह जन्मिन्छ, र विद्रोहकै सुरुवातबाट नयाँ युगको प्रारम्भ हुन्छ। यो इतिहासको नियम हो, र वर्तमान नेपालको यथार्थ पनि।

नेपाली कांग्रेसलाई अब केवल पुरानो गौरव सम्झिने पार्टी होइन,

जेन्जी र युवा पुस्ताले अपनाउने, भरोसा गर्ने र नेतृत्व खोज्ने पार्टी बनाउनुपर्ने समय आएको छ।


भ्रष्टाचारविरुद्ध कठोर अडान, सामाजिक न्याय र समानता आजको आवश्यकता


देश आज भ्रष्टाचार, असमानता र अन्यायबाट आक्रान्त छ।

जनताको पीडा बुझ्ने, मर्म महसुस गर्ने र सामाजिक न्याय तथा समानताको पक्षमा दृढतापूर्वक उभिने राजनीति नै आजको आवश्यकता हो।


राजनीतिमा विद्रोह हुनु भनेको अव्यवस्थाको लागि होइन,

अन्यायको विरुद्धमा उभिने साहस हो।

र त्यो साहसलाई सिद्धान्त, व्यवहार र निर्णयमा उतार्न सक्ने नेतृत्व अहिले कांग्रेसभित्र खोजिँदैछ।


२७ गतेको जनसागर : कांग्रेसमै परिवर्तन हुने प्रवल संकेत


२७ गते देखिएको जनसागर कुनै संयोग होइन।

यो जनताको मनभित्र दबिएर बसेको आवाज हो —

“परिवर्तन कांग्रेसभित्रै सम्भव छ” भन्ने स्पष्ट संकेत।


यो संकेतलाई बेवास्ता गर्नु कांग्रेसका लागि आत्मघाती हुनेछ।

यसलाई मार्गदर्शनमा बदल्न सक्ने नेतृत्वको आवश्यकता छ।



गगन–विश्वको नेतृत्व : क्षणिक क्रेज होइन, परिवर्तनको प्रतीक


महामन्त्री गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माप्रतिको जनआकर्षण

केवल क्षणिक लोकप्रियता होइन,

परिवर्तनको चाहना बोकेको गहिरो क्रेज हो।


यो क्रेजलाई अझ बलियो, विश्वसनीय र दिगो बनाउन

आजै निर्णायक कदम आवश्यक छ।


विशेष महाधिवेशन : आवश्यकता मात्र होइन, पुनर्जागरणको आधार


आउँदा दिनमा नेपाली कांग्रेसलाई संकटबाट निकास दिने,

पार्टीभित्र आशा जगाउने र

जनतामा भरोसा फर्काउने नेतृत्व

तपाईंहरूले मात्र दिन सक्नुहुन्छ भन्ने विश्वास आम कार्यकर्तामा छ।


त्यसैले — तपाईंहरूको नेतृत्वमा विशेष महाधिवेशन

केवल आवश्यकता होइन,

यो कांग्रेसको पुनर्जागरणको आधार हो।


पुस्तान्तरण, सुशासन र साहसी निर्णयको जिम्मेवारी


पुस्तान्तरण बिना पार्टी बाँच्दैन।

सुशासन बिना जनविश्वास फर्किँदैन।

साहसी निर्णय बिना इतिहास बदलिँदैन।


नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने

यो ऐतिहासिक जिम्मेवारी

आज तपाईंहरूको काँधमा छ।


मधेस प्रदेश कांग्रेसको स्पष्ट अडान


हामी —

परिवर्तनका पक्षमा छौँ।

न्याय र समानताको पक्षमा छौँ।

भ्रष्टाचारविरुद्ध कठोर अडानको पक्षमा छौँ।

र गगन थापा तथा विश्वप्रकाश शर्माको नेतृत्वमा

हुने विशेष महाधिवेशनका पक्षमा

दृढतापूर्वक उभिएका छौँ।

नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रमूख नितेश गुप्ताले लेख्नुभएको सुझाव । 

प्रतिक्रिया