गृह मन्त्रालयद्वारा ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १३ सहसचिवको सरुवा

tejnewskhabar.com

काठमाडौँ, पुस ११ गते  — गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित १३ जना सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै उक्त सरुवा गरेका हुन्।

मन्त्रालयका अनुसार प्रशासनिक कार्यक्षमता अभिवृद्धि, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा आवश्यक व्यवस्थापन मिलाउने उद्देश्यले सरुवा गरिएको हो। सरुवामा विभिन्न जिल्लामा कार्यरत प्रजिअहरू र मन्त्रालय तथा मातहतका निकायमा कार्यरत सहसचिवहरू समावेश छन्।

सरुवा गरिएका सहसचिवहरूलाई नयाँ जिम्मेवारीअनुसार तत्काल कार्यभार सम्हाल्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत सरुवा गरिएको स्पष्ट गर्दै यसले सार्वजनिक सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया