सहसचिव प्रदीप परियारसहित सबैलाई विशेष अदालतको सफाइ

tejnewskhabar.com

काठमाडौँ, २३ गते। भ्रष्टाचार मुद्दामा सहसचिव प्रदीप परियारसहित सबै अभियुक्तहरूले विशेष अदालतबाट सफाइ पाएका छन्।

काठमाडौं महानगरपालिकाको एक ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २८ गते दायर गरेको मुद्दामा फैसला सुनाउँदै विशेष अदालतले सबैलाई सफाइ दिने निर्णय गरेको हो।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले मंगलबार फैसला सुनाउँदै बोलपत्र स्वीकृत गर्दा बदनियत रहेको ठोस र स्पष्ट आधार पुष्टि हुन नसकेको ठहर गरेको छ। अदालतले आरोप पुष्टि नहुने भन्दै सबै अभियुक्तलाई सफाइ दिएको हो।



प्रतिक्रिया