काठमाडौँ १२ गते : नेपाल सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दिगो लोकतन्त्र र राजनीतिक स्थिरताका लागि फागुन २१ गते हुने निर्वाचन सफल पार्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ। निर्वाचन सफल बनाउन विभिन्न राजनीतिक दलहरूबाट प्राप्त प्रतिबद्धता स्वागतयोग्य रहेको उहाँले उल्लेख गर्नुभयो।
प्रधानमन्त्री कार्कीले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन वातावरणको पूर्ण ग्यारेन्टी सरकारले गर्ने स्पष्ट पार्दै कुनै पनि प्रकारको संशय नरहने गरी सरकार दृढताका साथ काम गरिरहेको बताउनुभयो।
१२ पुस २०८२, शनिवार ०६:५६ मा प्रकाशित