गरुडा नगरपालिकाद्वारा दाउरा वितरण सराहनीय, तर समानुपातिक र व्यवस्थित हुनुपर्ने माग

tejnewskhabar.com

रौतहट, १९ गते : गरुडा नगरपालिकाले कन्थमनी जसावालसहित सबै वडा क्षेत्रमा चिसो मौसमलाई ध्यानमा राख्दै दाउरा वितरण गरेको कार्य स्थानीयवासीले सराहनीय भएको बताएका छन्। जाडोको समयमा विपन्न र सर्वसाधारणलाई लक्षित गरी गरिएको यस पहलले राहत पुर्‍याएको स्थानीयको भनाइ छ।

यद्यपि, दाउरा वितरण कार्य अझै समानुपातिक र व्यवस्थित तरिकाले हुनुपर्ने आवश्यकता औंल्याइएको छ। विशेषगरी मानिसहरूको बाक्लो बसोबास भएको क्षेत्रलाई प्राथमिकतामा राखी वितरण गर्नुपर्ने स्थानीयको माग छ। साथै मन्दिर, चोक र सार्वजनिक स्थल आसपास दाउरा व्यवस्थापन अझै प्रभावकारी र मर्यादित ढंगले गर्नुपर्ने सुझाव पनि दिइएको छ।

स्थानीयवासीहरूले नगरपालिकाले जनभावनालाई ध्यानमा राख्दै आगामी दिनमा वितरण प्रणालीलाई पारदर्शी, न्यायोचित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।



प्रतिक्रिया