जनकपुरधाम १५ गते । नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिको बैठक यही मिति २०८२ साल माघ १६ गते शुक्रबार बिहान ११ः०० बजे जनकपुरधामस्थित पार्टीको प्रदेश कार्यालय थापा चौकमा बस्ने भएको छ।
बैठक नेपाली कांग्रेसका केन्द्रीय सभापति आदरणीय श्री गगन कुमार थापा ज्यूको समु–उपस्थितिमा आयोजना हुन लागेको हो। बैठकमा मधेस प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, आठवटै जिल्लाका जिल्ला सभापतिहरू तथा मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।
पार्टी संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था तथा आगामी रणनीतिबारे बैठकमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ। उक्त जानकारी नेपाली कांग्रेस मधेस प्रदेशका महामन्त्री कृष्ण श्रेष्ठले दिनुभएको हो।
१६ माघ २०८२, बिहिबार ०६:०४ मा प्रकाशित