म्याग्दीमा अहिलेसम्मकै ठूलो अवैध हातहतियार बरामद, ११५ थान भरुवा बन्दुक नियन्त्रणमा

tejnewskhabar.com

म्याग्दी २० गते पुस । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाइछिपाइ राखिएका ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।

ग्रामीण क्षेत्रमा बन्यजन्तुको शिकारमा प्रयोग हुँदै आएका यस्ता बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्न सक्ने जोखिम रहेको ठहर गर्दै प्रहरीले विशेष अभियान सञ्चालन गरेको थियो। सोही अवैध भरुवा बन्दुक खोज अभियान अन्तर्गत ठूलो संख्यामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले अवैध हातहतियार नियन्त्रणलाई थप कडाइ गर्दै सम्बन्धित व्यक्तिहरूमाथि कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया