काठमाडौँ | नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेका छन्। देउवा नेतृत्वको कार्यसमिति नै पार्टीको आधिकारिक नेतृत्व भएको दाबीसहित उनीहरू आयोगमा उपस्थित भएका हुन्।
उनीहरूले गगन थापा नेतृत्वमा बनेको कार्यसमिति विधानविपरीत र अवैध रहेको जिकिर गर्दै निर्वाचन आयोगमा आफ्नो पक्षको विवरण पेश गरेका छन्।
३ माघ २०८२, शुक्रबार १२:०४ मा प्रकाशित