रौतहट ६ गते : नेपाली कांग्रेस पार्टीले रौतहट जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरू तय गरेको जानकारी गराएको छ। पार्टीका अनुसार रौतहट–४ बाट देब प्रसाद तिमिल्सिना, रौतहट–२ बाट डा. फिरदोस आलम र रौतहट–१ बाट अनिल कुमार झालाई उम्मेदवार बनाइएको हो।
नेपाली कांग्रेसले रौतहटका चारै निर्वाचन क्षेत्रहरूमा आफ्ना उम्मेदवारहरूलाई अत्याधिक बहुमतका साथ विजयी गराउने लक्ष्यसहित अभियान अघि बढाएको जनाएको छ। सोही अभियान अन्तर्गत आ–आफ्नो निर्वाचन क्षेत्रमा हुने मनोनयन दर्ता कार्यक्रममा उत्साहजनक सहभागिता जनाउन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह गरिएको छ।
पार्टीले संगठनात्मक एकता, जनसमर्थन र सक्रिय सहभागितामार्फत रौतहटमा कांग्रेसको विजय सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ।
६ माघ २०८२, मङ्गलबार ०४:४० मा प्रकाशित