काठमाडौँ, २३ पुस।
नेपाली कांग्रेसलाई थप मजबुत बनाउँदै रुपान्तरणको मार्गमा अघि बढाउने विषयमा पार्टीका नेताहरूबीच छलफल तीव्र बनेको छ। यसै सन्दर्भमा आदरणीय नेता डा. चन्द्र भण्डारी र डा. सुनिल शर्माले महामन्त्री गगन थापासँग सक्रिय छलफल गरेका छन्।
छलफलमा पार्टी संगठन सुदृढीकरण, आन्तरिक एकता र समसामयिक राजनीतिक चुनौतीहरूको सामना गर्ने रणनीतिबारे विचार–विमर्श भएको जनाइएको छ। नेताहरूले एकता र रुपान्तरण नै आजको आवश्यकता भएकोमा जोड दिएका छन्।
सचिवालय स्रोतका अनुसार विशेष महाधिवेशनलाई सफल बनाउन आवश्यक तयारी, एजेन्डा र सहमतिका विषयमा समेत गहन छलफल भएको छ। पार्टीलाई जनविश्वाससहित नयाँ उचाइमा पुर्याउन नेतृत्व तहमा निरन्तर संवाद आवश्यक रहेको निष्कर्ष छलफलबाट निस्किएको बताइएको छ।
२३ पुस २०८२, बुधबार ०४:१६ मा प्रकाशित