सर्लाहीको लालबन्दीमा रेड क्रस आँखा हेरचाह केन्द्र स्तरोन्नति कार्यक्रम सम्पन्न

tejnewskhabar.com

 सर्लाही ७ गते । सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा मधेश प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कृष्ण प्रसाद यादव ज्यूको प्रमुख आतिथ्यमा नेपाल रेड क्रस सोसाइटी अन्तर्गतको आँखा हेरचाह केन्द्रको स्तरोन्नतिको लागि उपकरण हस्तान्तरण कार्यक्रम सुसम्पन्न भएको छ।

कार्यक्रममार्फत आँखाको उपचार सेवामा गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरिएको छ। यस अवसरमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा रेड क्रसका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


प्रतिक्रिया