मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनाटोमी प्रयोगशाला भवनको शिलान्यास

tejnewskhabar.com

जनकपुरधाम ०७ गते  — मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाममा निर्माण हुन लागेको एनाटोमी प्रयोगशाला भवनको शिलान्यास मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मा. जंगीलाल राय ज्यूको कर-कमलबाट सम्पन्न भएको छ।

शिलान्यास कार्यक्रममा मन्त्री रायले स्वास्थ्य शिक्षा र अनुसन्धानको गुणस्तर अभिवृद्धिका लागि आधुनिक पूर्वाधार निर्माण आवश्यक रहेको उल्लेख गर्दै एनाटोमी प्रयोगशाला भवनले मधेश प्रदेशमा स्वास्थ्य विज्ञान अध्ययनरत विद्यार्थीहरूलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य शैक्षिक केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै आवश्यक स्रोत साधनको सुनिश्चिततामा सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, प्राध्यापक, विद्यार्थी, प्रदेश सरकारका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

एनाटोमी प्रयोगशाला भवन निर्माणपछि स्वास्थ्य विज्ञान अध्ययन, प्रयोगात्मक अभ्यास तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया