रौतहट १५ गते । रौतहटका डा. रामजी राम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको दलित क्लस्टरबाट चयन हुन सफल हुनुभएको छ। पार्टीले सार्वजनिक गरेको समानुपातिक उम्मेदवार सूचीमा उहाँको नाम समावेश भएसँगै रौतहट जिल्लामा खुशीको माहोल छ।
डा. रामजी रामको चयनलाई दलित समुदायको प्रतिनिधित्व सुदृढ गर्ने सकारात्मक कदमका रूपमा हेरिएको छ। पार्टीका नेताहरूले उहाँको अनुभव, योगदान र समावेशी राजनीतिप्रतिको प्रतिबद्धताले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
१५ पुस २०८२, मङ्गलबार ०७:५८ मा प्रकाशित