कांग्रेस सभापति देउवाले चार शीर्ष नेतालाई छलफलमा बोलाए

tejnewskhabar.com

काठमाडौं, ०४ पुस – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन कार्यतालिका र विधान मस्यौदा समिति गठनबारे छलफल गर्न पार्टीका चार शीर्ष नेतालाई शनिबार बिहान बैठकमा बोलाएका छन्।

पुस २६–२८ मा तय गरिएको केन्द्रीय महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ। पुस १६ मा वडा अधिवेशन गरेर २६ गते महाधिवेशन गर्ने लक्ष्य राखिए पनि समय अभाव र तयारी अपूरो रहेको नेताहरूको भनाइ छ।

निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समिति गठन भए पनि विधान मस्यौदा समिति नबन्दा महाधिवेशन तयारी प्रभावित हुने देखिएको छ।

प्रतिक्रिया