रौतहट १२ फागुन । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस का उम्मेदवार अनिलकुमार झा प्रति जनविश्वास दिनानुदिन बढ्दै गइरहेका छन् ।
निरन्तर घरदैलो अभियानमा सक्रिय झाले गाउँ–बस्तीमै पुगेर जनताको पीर–मर्का सुन्दै समाधानका लागि आफूबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाइरहेका हुन् ।
विगतमा यही निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका झा जमिन सँग जोडिएका र जनतामाझ घुलमिल हुने नेताका रूपमा परिचित रहेको छ । स्थानीय मुद्दामा स्पष्ट धारणा र खरो प्रस्तुतिका कारण उनले जनमानसमा अलग पहिचान बनाएको छ । चुनावी मैदानमा उनको सक्रियता र रणनीतिले प्रतिस्पर्धी दलहरूलाई दबाबमा पारेको राजनीतिक वृत्तमा चर्चा छ ।
घरदैलो अभियानका क्रममा स्थानीय मतदाताहरूले झालाई यसपटक प्रतिनिधिसभामा पठाउने दृढता व्यक्त गरिरहेका छन् । शुभेच्छुक, कार्यकर्ता र मतदाताहरूले “जनताको बीचमा सधैं रहने नेता” का रूपमा उनलाई समर्थन गरिरहेको प्रतिक्रिया दिए ।
विकास निर्माण, नीति निर्माणमा सशक्त भूमिका र नागरिक हक–अधिकार सुनिश्चित गर्ने एजेन्डा सहित झा चुनावी प्रतिस्पर्धामा उत्रिएको बताइएको छ । विगतमा मधेसवादी धारबाट पहिचान बनाएका उनले अहिले संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउने प्रति आस्थावान नेतृत्वका रूपमा आफूलाई प्रस्तुत गरेको विश्वास गरिएको छ ।
रौतहट–१ मा बढ्दो जनलहरले चुनावी समीकरणलाई रोचक बनाइदिएको छ । अब अन्तिम निर्णय मतदाताको हातमा छ— अनुभव, पहुँच र जनसरोकार बोकेको नेतृत्वलाई रोज्ने कि नयाँ विकल्पतर्फ जाने ? फागुन २१ को मतपरिणामले यसको टुंगो लगाउने छ ।