जनकपुरधाम – निर्वाचन आयोगको आचारसंहिता लागू भएको कारण यही माघ १६ गते जनकपुरधाममा नेपाली कांग्रेसले आयोजना गर्न लागेको विशाल मधेस सभा हाललाई स्थगित गरिएको छ।
मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो। आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो।
नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै आयोगको निर्णयको सम्मान गरेकोसमेत उहाँले बताउनुभयो।
।
११ माघ २०८२, आईतबार ०७:५८ मा प्रकाशित