काठमाडौँ १५ गते पुस। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले देश निर्माणका लागि भाषणभन्दा पनि व्यवहारिक प्रयास आवश्यक हुने बताएका छन्। उनले देश बनाउने कुरा सबैले गर्ने भए पनि वास्तवमा बनाउने प्रयास कसले गर्छ भन्ने नै महत्वपूर्ण हुने उल्लेख गरे।
मेयर शाहले सुधन गुरुङले निर्वाह गर्नुभएको भूमिकाको उच्च मूल्यांकन गर्दै उहाँको योगदान यो देशले १०० वर्षसम्म पनि नबिर्सने बताएका छन्। उनले जिम्मेवारी, निष्ठा र इमान्दारिताका साथ गरिएको कामले राष्ट्र निर्माणमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे।
१५ पुस २०८२, मङ्गलबार ०६:०५ मा प्रकाशित