नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिको बैठक माघ १६ गते, सभापति गगनकुमार थापाको विशेष आगमन

tejnewskhabar.com

जनकपुरधाम, माघ । नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिको बैठक यही मिति माघ १६ गते सम्पन्न हुने भएको जानकारी गराइएको छ। जनकपुरधामस्थित पार्टीको प्रदेश कार्यालयमा आयोजना हुने उक्त बैठकमा नेपाली कांग्रेसका सभापति आदरणीय श्री गगनकुमार थापा ज्यूको विशेष आगमन रहने कार्यक्रम रहेको छ।


बैठकमा आगामी फागुन ७ गते आयोजना हुने विशाल मधेस सभाको तयारी, व्यवस्थापन तथा समन्वय सम्बन्धी विषयमा विस्तृत छलफल गरिनेछ। साथै मधेस प्रदेशभर पार्टीको प्रचार–प्रसारलाई अझ प्रभावकारी, व्यवस्थित र व्यापक बनाउने विषयमा सभापति थापा ज्यूबाट मार्गदर्शन तथा विचार–विमर्श हुने बताइएको छ।


उक्त बैठकमा मधेस प्रदेश अन्तर्गतका ३२ वटै निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूको समेत सहभागिता रहनेछ। यसले पार्टीको संगठन सुदृढीकरण तथा चुनावी तयारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


यस महत्वपूर्ण बैठकमा सम्बन्धित सबै पदाधिकारी, सदस्यज्यूहरू तथा सरोकारवाला महानुभावहरूको अनिवार्य तथा सक्रिय सहभागिताको अपेक्षा गरिएको नेपाली कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिनुभयो।

प्रतिक्रिया