काठमाडौं — नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि लाजिम्पाटमा बिहान साढे ८ बजेबाट वार्ता सुरु भएको छ। सभापति शेरबहादुर देउवा पक्षबाट केन्द्रीय सदस्य रमेश लेखक र बालकृष्ण खाण सहभागी छन्। नेता शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्य मिनेन्द्र रिजाल सहभागी छन्।
महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा पक्षबाट केन्द्रीय सदस्य प्रदीप पौडेल, मधु आचार्य, विशेष महाधिवेशनका अभियन्ता गुरुराज घिमिरे र देवराज चालिसे पनि छलफलमा रहेका छन्। वार्ताले पार्टीभित्रको विवाद समाधान गर्ने लक्ष्य राखेको छ।
२९ पुस २०८२, मङ्गलबार १०:११ मा प्रकाशित