नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा रामेछापबाट बिनिता खड्का केन्द्रीय सदस्यमा निर्विरोध

tejnewskhabar.com

काठमाडौँ | नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट रामेछाप जिल्लाबाट बिनिता खड्का केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित हुनु भएकी छन्।

विशेष महाधिवेशनको क्रममा उक्त पदमा कुनै प्रतिस्पर्धी उम्मेदवार नपरेपछि खड्का सर्वसम्मत रूपमा केन्द्रीय सदस्यमा चयन हुनु भएको हो। पार्टीभित्र लामो समयदेखि सक्रिय र संगठन निर्माणमा योगदान दिँदै आउनु भएकी खड्काको निर्विरोध निर्वाचनलाई रामेछाप जिल्लाको संगठनात्मक मजबुतीका रूपमा हेरिएको छ।

उनको निर्विरोध निर्वाचनप्रति पार्टीका नेता–कार्यकर्ता तथा रामेछाप जिल्लावासीले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।



प्रतिक्रिया