रौतहट — जनता समाजवादी पार्टी नेपाल, रौतहटको आयोजनामा दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको संगठनात्मक सशक्तीकरणलाई लक्षित गर्दै DOTIM परिसंघको रौतहट जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम गौरमा सुरु भएको छ।
कार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष तथा प्रमुख वक्ता उपेन्द्र यादवको समावेशी राजनीति र सामाजिक न्यायका लागि दलित तथा सीमान्तकृत समुदायको सशक्त संगठन अपरिहार्य रहेको बताउनुभयो। उहाँले DOTIM परिसंघले यी समुदायको हक–अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
भेलामा जसपा नेपालका सहअध्यक्ष रकम चेम्जोङ्गसहित पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूको उल्लेखनीय सहभागिता रहेको छ। कार्यक्रममा संगठन विस्तार, राजनीतिक सहभागिता वृद्धि तथा समुदायको मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा व्यापक छलफल भइरहेको आयोजकले जनाएको छ।