रौतहट ०९ गते पुस— बढ्दो शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ। चिसो मौसमका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने जोखिम बढेपछि मधेस प्रदेशका विभिन्न स्थानीय तहमा विद्यालय बन्द हुन थालेका छन्। सोही क्रममा राजदेवी नगरपालिकाले सामुदायिक विद्यालयहरूमा तीन दिन पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ।
नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार २०८२ साल पौष ०८, ०९ र ११ गते राजदेवी नगरपालिका भित्र सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरू बन्द रहनेछन्।
शीतलहरका कारण बालबालिकाको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ। साथै, चिसोको असर न्यूनीकरणका लागि अभिभावक तथा विद्यालय व्यवस्थापन समितिलाई आवश्यक सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको छ।
९ पुस २०८२, बुधबार ०५:४७ मा प्रकाशित