भ्रामक र कपोलकल्पित सूचनाप्रति सचेत रहन आग्रह, विशेष महाधिवेशन सफल पार्न काठमाडौं जाने तयारी

tejnewskhabar.com

सर्लाही२४ गते  — नेपाली काँग्रेसको प्रस्तावित विशेष महाधिवेशनलाई प्रभावित पार्ने उद्देश्यले केही व्यक्तिहरूले भ्रामक, तथ्यहीन, कपोलकल्पित तथा झुठा समाचारहरू सम्प्रेषण गराइरहेको विषयप्रति गम्भीर आपत्ति जनाइएको छ।

सर्लाही जिल्लाबाट बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेको स्पष्ट पार्दै, यही पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनलाई सफल पार्न प्रतिनिधिहरू काठमाडौं प्रस्थानको तयारीमा रहेको जनाइएको छ।

यस्ता भ्रामक र असत्य सूचनाले पार्टीभित्र भ्रम सिर्जना गर्न खोजिएको भन्दै, सत्य तथ्यमा आधारित सूचनामात्र विश्वास गर्न तथा कपोलकल्पित समाचारप्रति सचेत रहन सम्पूर्ण नेता, कार्यकर्ता र समर्थकहरूलाई हार्दिक अनुरोध गरिएको छ।

नेपाली काँग्रेसको संगठनात्मक सुदृढीकरण, आन्तरिक लोकतन्त्रको सुदृढ अभ्यास र पार्टी हितका लागि विशेष महाधिवेशन अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, यसलाई सफल बनाउन सबैको एकताबद्ध सहभागिता आवश्यक रहेकोमा जोड दिइएको छ।



प्रतिक्रिया