११ बिगाहा सरकारी जग्गा किर्ते गरेर लालपुर्जा बनाउने मुख्य आरोपी शेख मेराज पुर्पक्षका लागि गौर जेल चलान

tejnewskhabar.com

रौतहट, २५ मंसिर । ११ बिगाहा ७ कठ्ठा १५ धुर सरकारी जग्गालाई नक्कली कागजात बनाएर आफ्नो नाममा लालपुर्जा खडा गरेर फरार रहेका प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएका छन् ।

रौतहटको गुजरा नगरपालिका–४ कनकपुर टोलका ५८ वर्षीय शेख मेराजलाई जिल्ला अदालत रौतहटले बुधबार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएपछि उनलाई गौर कारागार चलान गरिएका हुन् । 

लामो समयदेखि फरार रहेका मेराजलाई प्रहरीले गत कात्तिक २७ गते पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनले मालपोत कार्यालयबाटै नक्कली चारकिल्ला, सम्पत्ति–भूमिकर रसिद समेत प्रमाणित गराएको खुलासा भएको पुष्टि भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को पत्र र नेपाल सरकार बादी भएर दायर मुद्दामा मेराज मुख्य दोषी देखिएका छन् । प्रहरीले यो किर्ते कार्यमा संलग्न अन्य व्यक्तिको संलग्नता रहेको ठहर गर्दै उनीहरूको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले बताए ।


प्रतिक्रिया