मोरङ, ०४ गते : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन अवश्य हुनुपर्ने बताएका छन्।
डा. कोइरालाले आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा यस विषयमा आफ्नो धारणा व्यक्त गरेका हुन्। उनले चुनाव समयमा ढिलाइ वा अवरोध नहोस् भनी सबै पक्षले निर्वाचन प्रक्रिया सहज र पारदर्शी बनाउन सहयोग गर्नुपर्ने बताए।
३ पुस २०८२, शुक्रबार ०९:१३ मा प्रकाशित