हस्ताक्षर फिर्ता गर्नेको लर्को : विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका कांग्रेस नेताहरू पछि हटे

tejnewskhabar.com

सर्लाही २४ गते :  नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका पार्टीका केही नेताहरूले पछिल्लो समय आफ्नो हस्ताक्षर फिर्ता लिएका छन्। पार्टीभित्र असहमतिहरू चर्किँदै गएर कांग्रेस नै फुट्ने अवस्था सिर्जना हुनसक्ने आशंका बढेपछि उनीहरूले यस्तो निर्णय लिएको बताइएको छ।

नेताहरूका अनुसार विशेष महाधिवेशनको बहसले संगठन सुदृढ बनाउनेभन्दा पनि गुटगत टकराव बढाउने संकेत देखिएपछि पार्टी एकता जोगाउन हस्ताक्षर फिर्ता लिनुपरेको हो। उनीहरूले कांग्रेसलाई विभाजनतर्फ होइन, संवाद र सहमतिमार्फत अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

पार्टीभित्र विशेष महाधिवेशनको विषयमा फरक–फरक धारणा रहँदै आएको छ। एक पक्षले यसलाई संगठन सुधारको अवसर ठानिरहेको छ भने अर्को पक्षले समय र परिस्थितिका कारण यसले नकारात्मक असर पार्ने चेतावनी दिँदै आएको छ। पछिल्ला घटनाक्रमसँगै कांग्रेसभित्रको आन्तरिक राजनीतिको तातोपन अझ बढ्ने संकेत देखिएको छ।

प्रतिक्रिया