काठमाडौं २४ गते — निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहलाई पार्टीको आन्तरिक विवादमा आयोग प्रवेश नगर्ने स्पष्ट जवाफ दिएको छ।
विशेष महाधिवेशन पक्षधरहरूले तत्काल विशेष महाधिवेशन आयोजना गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिन आग्रह गर्दै निर्वाचन आयोगमा पत्राचार गरेका थिए। तर आयोगले उक्त विषय पार्टीको आन्तरिक मामिला भएको उल्लेख गर्दै यसमा हस्तक्षेप नगर्ने जनाएको हो।
आयोगको यस जवाफसँगै नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर जारी बहस थप राजनीतिक र सांगठनिक तहमा केन्द्रित हुने देखिएको छ।
२४ पुस २०८२, बिहिबार ०५:४५ मा प्रकाशित