नेपाली कांग्रेसको ऐतिहासिक आमसभा: प्रधानमन्त्री उम्मेदवार गगन कुमार थापा जनकपुरधाम आउँदै

tejnewskhabar.com

समाचार: जनकपुर ०९ गते  ।देश बनाउने जिम्मा नेपाली कांग्रेसलाई ! परिवर्तन, सुशासन र समृद्ध नेपालको स्पष्ट दृष्टिकोण बोकेका नेपाली कांग्रेसका प्रधानमन्त्री पदका उम्मेदवार गगन कुमार थापा ऐतिहासिक एवं सुन्दर नगरी जनकपुरधाम आउँदै हुनुहुन्छ।

देश बदल्ने दृढ संकल्प, युवा आशा र अनुभवी नेतृत्वको आवाजलाई सशक्त बनाउने यो ऐतिहासिक क्षणमा २०८२ माघ १६ गते हुने विशाल आमसभामा सम्पूर्ण नेताकार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई हार्दिक निमन्त्रणा गरिएको छ।

मिति: २०८२ माघ १६ गते
स्थान: जनकपुरधाम, धनुषा

नेपाली कांग्रेस प्रचारप्रसार विभाग मधेस प्रदेशका प्रमुख नितिश कुमार गुप्ताले आगामी आमसभामा सबैलाई सहभागी भई परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गर्ने दिशामा जुट्न आग्रह गर्नुभएको छ।

अब परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ भन्ने विश्वाससहित पार्टीले आमसभाको तयारी सुरु गरिसकेको छ।



प्रतिक्रिया